पोखरा १५ का ६१ मजदुरलाई स्वास्थ्य बीमा

पाेखरा | बैशाख ७, २०८०

पोखरा १५ का ६१ मजदुरलाई स्वास्थ्य बीमा

पोखरा:    पोखरा महानगरपालिका वडा नम्बर १५ र पोखरा कम्युनिटी सेण्टरको संयुक्त सहयोगमा पोखरा–१५ का विपन्न मजदुरहरुलाई स्वास्थ्य बीमा कार्ड वितरण गरिएको छ ।

 

बिहीबार आयोजित एक कार्यक्रमकाबीच त्यहाँका ६१ मजदुर र उनीहरुको परिवारलाई स्वास्थ्य बीमाकार्ड वितरण गरिएको हो । यो मध्ये ३६ जनाको वडाले तथा २५ जनाको कम्युनिटी सेण्टरले बीमा गराएको हो ।

 

मजदुरहरुलाई बिमा कार्ड वितरण गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले पछिल्लो समय स्वास्थ्य सेवा महंगो हुँदै गएको अवस्थामा स्वास्थ्य बिमाको महत्व झनै बढ्दै गएको बताए ।

 

कार्यक्रममा सहयोगी संस्था पोखरा कम्युनिटी सेण्टरका निर्देशकद्वय पार्क र जोन तथा व्यवस्थापक निर्मला भण्डारीले पनि मजदुरहरुलाई बीमा कार्ड वितरण गरेका थिए । स्वास्थ्य बीमाकर्ता पवित्रा पौडेलले बीमा सेवाको बारेमा जानकारी गराएकी थिइन् ।

 

कार्ड प्राप्त गरेकाहरुले एक वर्ष सम्म विभिन्न १ हजार १ सय ३७ प्रकारका औषधी निःशुल्क रुपमा प्राप्त गर्ने उनले जनाइन् ।

 

कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र वडा १५ का प्रमुख कृष्ण बाँस्तोलाले केन्द्रले दिएको सेवा तथा हाल सञ्चालन भइरहेको खोप र भिटामिन कार्यक्रमका बारेमा अवगत गराए । त्यस्तै वडा सदस्य आशिष भण्डारीले केहि दिन यता छिमेकी मुलुकहरुमा कोभिडको संक्रमण बढ्दै गएकोमा सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।  

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्